स्मार्ट अक्षर संम्वाददाता
चैत्र २२, काठमाडौं
भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा नियुक्त भएका छन्।नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो।
अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन्। श्रींगलाले अप्रिल अन्तिममा अवकाश पाउँदै छन्। क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए। क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।






