Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

राष्ट्रिय कृषि गणना वैशाखमा, देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने

Monday, April 4, 2022
993
VIEWS
Website Development Website Development Website Development

स्मार्ट अक्षर संम्वाददाता

चैत्र २१,  काठमाडौं-

Order Cake Order Cake Order Cake

राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो ।

राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । कार्कीका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिने भएका छन् ।

राष्ट्रिय जनगणना पूरा भएकै वर्ष कृषि गणना गरिने निर्देशक कार्कीले बताए । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०/१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।

दुई दर्जन प्रश्न, के–के विवरण भरिन्छ ?

कृषि गणनाका दौरान दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने कार्कीले जानकारी दिए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए । नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने कार्कीले बताए ।

कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिएपनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिंदैन ।

साढे ३ लाख परिवारबाट विवरण लिइने

कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमुलुक घरका रुपमा छानिने छ । नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् ।

‘जनगणनामा हरेक घरमा पुग्ने गरि गणक पठाइन्छ,’ कार्कीले  भने, ‘कृषि गणनामा ठूलो स्तरको नमुना लिएर त्यहाँबाट तथ्यांक संकलन गरिन्छ ।’ त्यसरी प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिने भएको छ । यस क्रममा मुलुकका हरेक क्षेत्र समेट्ने गरी नमुना छनोट गर्ने विभागको भनाइ छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ ।

विगतमा सामान्यतया वडालाई एक क्षेत्र मानेर नमुना छनोट गरी विवरण संकलन गरिएको थियो । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् ।

वैशाखदेखि गणना, ४५ दिनमा सकिने

तथ्यांक विभागले २५ चैतभित्र गणक तथा सुपरीवेक्षकहरुको भर्ना सकाउने छ । २५ चैतबाट उनीहरुका लागि एक साता लामो तालिम सञ्चालन गरिन्छ । त्यसपछि फिल्डमा खटाउने तयारी विभागको छ ।

विभागले ४५ दिनको समय राखेर गणकहरुलाई फिल्डमा खटाउने भएको छ । गणकहरुले २५ जेठमा बिदा पाउने भएकाले त्यस अगाडि नै गणनाको काम पूरा गर्ने तयारी विभागको छ ।
कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ । यसमध्ये सबैभन्दा धेरै गणकहरुको पारिश्रमिकमा हुनेछ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखेर तथ्यांकहरु मात्र सार्वजनिक गर्नेछ ।

Comments
Share

Related Posts

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण
कृषि

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै
कृषि

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी
कृषि

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो, तर उपभोक्ताकाे खरीदमा चरम महँगी

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै
कृषि

नेपालबाट घाँस र जनावरको दाना चीन निर्यात गरिदै

अण्डाको नयाँ विक्री मूल्य निर्धारण
कृषि

अण्डाको नयाँ विक्री मूल्य निर्धारण

 कर्णाली प्रदेशबाट  ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन
आर्थिक

 कर्णाली प्रदेशबाट ३२ हजार केजी जडीबुटी निकासी, दुई करोड ९४ लाख रुपैयाँ राजस्व संकलन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki