चितवन,चैत्र १८, स्मार्ट अक्षर संम्वाददाताः
चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका फार्महरुमा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ ।बर्डफ्लु प्रभावित क्षेत्र वा निगरानी क्षेत्रबाट रोग सार्न सक्ने पंक्षी वा पंक्षीजन्य सामग्रीको ओसारपसारमा समेत रोक लगाइएको छ । शंकास्पद पंक्षीमा रोगको यकिन गर्न रेपिड टेस्ट किट परीक्षण गर्ने निर्णय पनि भएको छ ।
बर्डफ्लु नियन्त्रण समितिका सदस्यसमेत रहनुभएका न्यौपानेले फार्म आसपासमा इडिट टिमलाई उपयुक्त लागेको स्थानसम्मका पंक्षी नष्ट गर्ने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले बताउनु भयाे ।
प्रभावित क्षेत्रभित्र बर्डफ्लु नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय भएको छ । त्यस्तै, पंक्षी र पंक्षीजन्य सामग्री नष्ट गर्दा नोक्सानी व्यहोरेका व्यक्तिलाई राहतका लागि कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुरोध गर्ने र बर्डफ्लु नियन्त्रणमा खटिने जनशक्तिको स्वास्थ्य निगरानीका लागि स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय भएको छ ।







