Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

त्रिकोणात्मक टी २० सिरिजमा नेपालको विजयी शुरूआत

Monday, March 28, 2022
993
VIEWS
Website Development Website Development Website Development

सन्ताेस पाैडेल

चैत्र १४, काठमाडौं

Order Cake Order Cake Order Cake

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पिएनजीलाई  १५ रनले पराजित गरेको हो।नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो। अन्तिम ओभरमा पिएनजीलाई १७ रन चाहिएको थियो भने उसको एक विकेट बाँकी थियो। जसमा नेपालले दोस्रो बलमा रनआउटमार्फत पिएनजीको अन्तिम विकेट लियो।

पिएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरे। ५२ रन बनाएर खेलिरहदा उनी १९औं ओभरको पाँचौ बलमा करण केसीले एलबिडब्लूको धरापमा पारेका थिए। छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भएपछि नेपाल सहज स्थितिमा पुगेको थियो।

पिएनजीका ओपनर टोनी उरा ५ रनमा आउट भए। लेगा सिएका २१ रनमा पेभिलियन फर्किदा कप्तान असद भालाले ७ रनमा भन्दा बढी जोड्न सकेनन्। चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे। सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप  लामिछानेको एलबिडब्लूको धरापमा परे। रिले हेकुरे ३ रन र जासन किला शून्यमा आउट भए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा ४४ दिएका थिए। कप्तान सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। उनले ४ ओभरमा २२ रन खर्चिए। अबिनास बोहराले २ विकेट लिए उनले ४ ओभरमा २९ रन दिए। सोमपाल कामीले १ विकेट लिए। त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले  ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह  ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।  तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।

१२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि प्रत्येक ओभरमा विकेट गुमाएको थियो। जसका कारण १६ ओभरमा नेपालले ६ विकेट गुमाउँदा १४१ रन जोडेको थियो। १८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए। उनले २ छक्का प्रहार गरेका थिए। सोमपाल कामी १ रनमै आउट भए।

अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए। बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए। सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

Comments
Share

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki