Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पपुवा न्युगिनीले जित्यो सिरिज, दीपेन्द्रको शतकका बावजुद नेपालको हार

Sunday, March 27, 2022
993
VIEWS
Website Development Website Development Website Development

चैत्र १२,काठमाडौं, स्मार्ट अक्षर संम्वाददाता- पपुवा न्युगिनीले नेपालविरूद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै पपुवा न्युगिनीले सिरिज जितेको हो।

दुई टिमबीचको एकदिवसीय सिरिज नेपालले पहिलो पटक गुमाएको हो। यसअघिका सिरिजमा नेपालले कम्तिमा बराबरी खेलेको थियो।

यसअघि शुक्रबार भएको पहिलो खेलमा पपुवा न्युगिनी ६ रनले विजयी भएको थियो।

Order Cake Order Cake Order Cake

शनिबार मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य दिएको थियो। यो लक्ष्य पपुवा न्युगिनीले ७ विकेटको क्षतिमा ४८.४ ओभरमा पार गर्‍यो।

पपुवा न्युगिनीका लागि चाड सोपरले १२ बलमा नटआउट १६ रन र रिली हेकुरेले ४५ बलमा नटआउट ४८ रन जोडे।

त्यसअघि लेगा सिआकाले ९० रनको योगदान गरेका थिए। उनले १०२ बलमा १२ चौका र १ छक्का हिर्काए। चार्ल्स अमिनीले ३५ रन र सेसे बाउले ३८ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए। पवन सर्राफले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए।

सन्दीपले खेलमा ५० एकदिवसीय विकेट पूरा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक हिर्काएका दीपेन्द्रले १०५ रन जोडे। उनले  १४० बलमा ७ चौका हिर्काए।

युवा ब्याट्सम्यान देव खनालले ७२ रनको योगदान दिए। उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शुक्रबार डेब्यू गरेका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गर्न सफल भए।

त्यसअघि ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अर्का ओपनर अनिल साह १ रनमै आउट भए।

रोहित पौडेलले ३५ रन जोड्दा भीम सार्कीले  २६ रनको योगदान गरे। पवन सर्राफ ० र आरिफ शेख ४ रनम आउट भए।

सोमपाल कामीले नटआउट ४ रन जोड्दा कप्तान सन्दीप लामिछानले ९ बलमा नटआउट २४ रन जोडे। सन्दीपले अन्तिम ओभरमा १६ रन जोडेका थिए।

बलिङमा पपुवा न्युगिनीका अलेइ नाओले  ३ विकेट लिए भने नोर्मान भानुआले २ विकेट हात पारे।

Comments
Share

Related Posts

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
खेलकुद

कुशलको अर्धशतकसँगै नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस
खेलकुद

नेपाल आइपुगे ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो
खेलकुद

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
खेलकुद

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki