काठमाडौँ – कोरिया नेपाल आन्तर्राष्ट्रिय मञ्च तथा जलवायु वातावरणीय समस्याहरुको समाधानको लागि गरिने प्रयासहरुमा आधार रहेर आयोजना गरिएको २ दिने अनौपचारिक कार्यक्रम आरम्भ भयो ।
कार्यक्रम साउथ वेस्र्टन कलेज बसुन्धराको सभाहलमा सञ्चालन भएको थियो । सामदोङ्ग इन्टरनेशनल कोरियाद्वारा आयोजना गरिएको कार्यक्रम आज र भोली गरि दुई दिन सञ्चालन हुने छ ।
कार्यक्रममा दक्षिण कोरियाको तर्फबाट सहभागिहरुले आफ्नो देशमा आइपरेका वातावराणीय समस्या र सुधारकोलागि गरिएका पहलहरुको बारेमा चर्चा गरेका थिए । दक्षिण कोरियाले वातावरणीय सुधारको लागि भोगेका चुनैतिहरुको बारेमा अबधारणा राख्दै गर्दा नेपालको वर्तमान समयमा आइपरेका नदि प्रदुषण, बायु प्रदुषण लागायतका समस्याहरुमा सहभागीहरुले आफ्नै तवरले जिज्ञासा राखेका थिए । कोरियामा स्थानिय तह सँग समन्वय गरि सर्बसाधारणले वातावरण सुधारको लागि तल्लो स्तर देखि नै कसरी काम गरे र वातावरणीय समस्या समाधान भयो भन्ने कुरामा कार्यक्रमले प्रकास पारेको थियो ।
नेपाल जस्तो विकास उन्मुख देशमा वातावरणमा आई परेका सामन्य समस्याहरुले नै बाँकी अन्य कार्यहरुलाई असर गर्न नहुने धारणा सहभागिहरुको रहेका थियो ।
यसैगरि प्यानल छलफलको क्रममा नेपाल तथा कोरियाका प्राध्यापकहरुले आफ्नो आफ्नो देशमा रहेका वातावरण सम्बन्धि समस्या तथा समाधानका लागि गर्नुपर्ने पहलकोबारेमा छलफल गरेका थिए । उक्त छलफलमा नेपालको तर्फबाट विश्वराज पौडेल, सहदेव अर्याल र सुशिल फँुयाल सहभागि थिए भने कोरियाको तर्फबाट बेया बोराम, किम उचाङ र किम हाऐ उङको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन सामदोङ्ग इन्टरनेशनलको तर्फबाट किम उङ सियोङ र दोभाषेको जिम्वेवारी केशव शर्मा पौडेलले निभाएका थिए ।
अर्को दिनको कार्यक्रम बुधबार १ः ३० मा सुरु हुने छ ।